काठमाडाैं, १९ असार
अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएकाे वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए ।
घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, ११ वर्षीया मञ्जु रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटीको मृत्यु भएको र घटनामा सचिन रास्कोटी सामान्य घाइते वडाअध्यक्ष पोखरेलले जानकारी दिए ।
घट्नास्थलमा स्थानिय र प्रहरीले उद्धार गरीरहेका छन्।








