काठमाडाैं, २२ असार

नेपाली बजारमा आज (शुक्रबार) सुनकाे मुल्य १ सय रूपैँयाले घटेकाे छ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। साथै तेजाबी सुनकाे मुल्य प्रतिताेला एक लाख १० हजार ५० कायम भएकाे छ।

त्यस्तै, आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।