बाढी पहिराेका कारण भारतमा २८ जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, २५ असार

भारतको राजधानी नयाँदिल्लीसहित उत्तर पश्चिमी राज्यहरूमा मुसलधारे वर्षापछि आएको बाढी पहिरोका कारण २८ जनाकाे ज्यान गएको छ ।

उत्तराखण्ड, हिमाञ्चल, हरियाणा, पञ्जाब,  जम्मु-कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको र दुई जना भारतीय सैनिक ज्यान गुमाएकाे टाइम्स अफ इन्डियाले जनाएकाे छ।

हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तरखण्डमा पाँच, जम्मु कश्मीरमा चार, पञ्जाबमा दुई तथा दिल्ली र लद्दाखमा एक/एक जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी नयाँदिल्लीमा पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै वर्षा भएकाे छ।

अत्याधिक वर्षाले दिल्लीका सडक डुबानमा परेका छन्। भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सोमबार दिल्ली र आसपासका क्षेत्रमा विद्यालय बन्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको