काठमाडाैं, ४ साउन
नेकपा (एकीकृत समाजवादी)काे सचिवालयकाे बैठक आज बस्दै छ। गएकाे शुक्रबारदेखी किर्तिपुरस्थित चम्पादेवीमा बैठक जारी छ।
आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नु हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकबाट नेताहरूको वरीयता, महाधिवेशनलगायत विषयमा निर्णय गर्ने तयारी छ ।








