काठमाडाैं, ५ साउन
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजू राणा देउवाले महामन्त्रीको कार्यक्रम एनजीओको ‘विसलिष्ट’ जस्तो भएको आरोप लगाएकी छिन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकको चौथो दिन शुक्रबार पहिलो वक्ताको रुपमा बोल्दै उनले महामन्त्रीको कार्यक्रममा असन्तुष्टि जनाएकी हुन् ।
देउवाले भनिन, ‘महामन्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने, हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ। म अच्चमित पनि भएँ, किन भने महामन्त्रीले ल्याउनुभएको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको विसलिष्ट जस्तो लाग्यो। धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो त? त्यो कुरा क्लियर भएन।’ उनले ३–४ वटा ठोस कार्यक्रम तय गर्न र त्यसको उपलब्धि हुनुपर्ने सुझाव दिइन्।’