काठमाडौं,२२ साउन
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सांसदहरूलाई संघीय संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
सोमबार संघीय संसद्का दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।
दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमाम बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।