डेंगी संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२२ साउन

लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।

मृतक महिलामा साताअघि नै डेंगु संक्रमण पुष्टी भए पनि घरमै आराम गर्दै आएकी थिइन् । ब्यथाले च्यापेपछि आइतबार मिसन अस्पतालमा उपचार गर्न आएकी हुन् । पाल्पामा डेंगीबाट ७० जना संक्रमित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको