चितवन कात्तिक-२
समाजसेवी तथा सफल मेडिकल व्यवसायी दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान-चितवनले आउदै गरेको चाँडबाँड लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
बैङ्क तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध खरो उत्रीएको अभियान ले पछिल्लो समय तस्कर भन्दै तिन ठुला मारवाडी ग्रुपको तस्बिर सार्बजनिक गरेपछि दुर्गा प्रसाई बिरुद्ध एमाले पनि शक्ति का साथ पेश आएको देखिन्छ ।
उक्त शुभकामना एवम् चियापान कार्यक्रममा सहभागीहरुले यो नवदुर्गा एबम विजयादशमीको शुभकामना दिदै ब्यबस्था प्रति निकै आक्रोश पोखेका थिए । यो दलाल र भ्रष्ट्र ब्यबस्था निकै कमजोर भएको र ढाल्न परे १० दिन पनि नलाग्ने भन्दै अभियान का बित्तिय ज्यादती विरुद्ध को केन्द्रिय संयोजक एब गण्डकी प्रदेश इन्चार्ज यदुनाथ सिग्देल ले बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै चितवन का बित्तिय पिडितको बिरुद्ध मलम लगाउने काम भैरहेको र चितवनमा छिट्टै संगठन बन्ने र त्यसपछिको कार्यक्रम अझै शसक्त र नतिजामुखी हुने बताएका छन् । साथै उनले दशैमा कालो टिका लगाएर हिड्ने बहुसङ्ख्यक को आश्था माथि लल्कार्दै दशै बहिस्कार जस्ता कार्यक्रमहरु गर्ने मंगोल हरु र इसाइ हरु बिरुद्ध जहा भेटे प्रतिबाद गर्ने भनि आक्रोश पोखेका थिए ।।
उक्त कार्यक्रममा पाहुनाका रुपमा राप्रपा चितवन का उपाध्यक्ष जिबलाल पुरी ,युवा ब्यबसायी दया चौधरी, अन्तर्राष्ट्रिय ब्यबसायी ऋषि रिमाल, मकैघर ब्यबसायी लिला सापकोटा,युबा समाजसेवी रामचन्द्र सुबेदी, युवा ब्यबसायी तथा समाजसेवि सन्तोष अधिकारी लगायत पत्रकार तथा स्थानिय दिग्गज ब्यापारी को उपस्थिति रहेको थियो भने कार्यक्रमको नेतृत्व एबम् सहजिकरण नागरिक बचाउ महाअभियान का अभियान्ता मेगराज पौडेलले गर्नु भएको थियो भने समाजसेवी तथा अभियानका इमानदार ब्यक्तित्व अर्जुन सापकोटाले चिया लगायत को ब्यबस्थापन गर्नु भएको थियो ।
तस्बिर