सहकारी ठगिमा पोख्रलेलकी पत्नी,परिन कालाेसुचिमा

समाचार शेयर गर्नुहोस्

काठमाडौं – बाहिर आदर्शका चिप्ला कुरा गर्ने नेताहरु भित्रभित्र कति घृणित र भ्रष्ट हुँदारहेछन् भन्ने पछिल्लो समय धनराज गुरुङ्ग र ऋषिकेश पोख्रलेको धन्दाले प्रष्ट पारेको छ । धनराज नेपाली कांग्रेसका भ्रष्टाचार बिरोधी नेताको रुपमा चिनिन्थे भने पोख्रेल एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति हुन । उनीहरु दुवै जनाले श्रीमति प्रयोग गरे सहकारी ठगी गरेको सार्वजनिक भएको छ ।
अहिले सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अन्जला कोइरालासहित सञ्चालक कालोसूचीमा परेका छन् ।

पीडितले नामै तोकेर उजुरी दिए पनि कोशी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले प्रहरीमा फाइल पठाउँदा अन्जलाको नाम गायब पारेको छ ।

सहकारी सञ्चालकहरूका अनुसार नेता पोखरेलले शिक्षकसमेत रहेकी पत्नी अन्जलालाई करिब ६ वर्ष सञ्चालक बनाएका थिए । करिब पाँच हजार बचतकर्ता रहेको उमागौरी सहकारी करिब डेढ वर्षदेखि बन्द छ । स्थापनाकालदेखिका सबै कागजपत्र गायब पारिएको बचतकर्ताको भनाइ छ । २०७२ देखि सञ्चालक रहेकी अन्जला सहकारी संकटमा पर्न थालेपछि २०७८ मा संस्थाबाट अलग भएकी थिइन् ।

सहकारीपीडितहरूले अध्यक्ष शम्भुप्रसाद रौनियार र सञ्चालक अन्जला कोइरालासमेत विरुद्ध कोशी प्रदेशको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएका छन् । रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेको छ । ‘एक साताअघि मात्रै सरकारीका अध्यक्षसहित सबै सञ्चालक माथि अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएका छौं,’ सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीले भने, ‘प्रहरीले अनुसन्धान कहाँ पुर्‍यायो, हामीले थाहा पाउन सकेका छैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *