चितवन भरतपुर

आज बिश्व रक्तदाता दिवस को अबसर पारेर चितवन को भरतपुर मा रक्तदानको महा महोत्सव सम्पन भएको छ ।  उक्त कार्यक्रममा १७१७ जनाको रक्त संकलन गर्दै भब्यताका साथ सम्पन्न भएको कार्यक्रम बल्ड डोनर्स एसोसिएसन का केन्द्रिय महासचिब अन्जन दवाडी ले बताउनुभयो ।

भरतपुर स्थित चितवन उधोग संघको प्रदशनि स्थलमा सम्पन्न भएको ब्लड डोनर्स एसोसिएसन को कार्यक्रम भरतपुर महानगरपालिका का प्रमुख रेणु दाहाल को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । रक्तदान जीवनदान महादान नारा लाई आत्मसात गर्दै  रक्दातन महाेत्सव ब्लड डोनर्स एसोसिएसन चितवन ले गरेको थियो भने उक्त कार्यक्रममा विभिन्न दल, बिद्यार्थी, शिक्षक लगायतका सामाजिक राजनितीक अभियान्ता हरुको सक्रिय सहभागिता थियो ।

 

तस्बिरहरु