काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरिएको छ। जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उनीहरू उल्लेखित पदमा बहाल रहेका थिए।  त्यस्तै उनीहरूलाई उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि माग गरिएको आयोगका सदस्य विज्ञान राज शर्माले जानकारी दिएका छन्।