राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफू भाषण भन्दा काम गर्ने मान्छे भएको बताएका छन् ।
सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । उनले भने, ‘म काम गर्ने मान्छे हुँ, भाषण होइन । काठमाडौंबासीले मेरो काम देखिसकेका छन् । अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ ?’








