कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेर बिरामी पर्नुभएकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ ।
पदयात्राका क्रममा आज बिहान अचानक लेक लागेर अस्वस्थ भएपछि उहाँलाई सिम्रिक एयरको हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।








