बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने भएको छ । ललितपुरको महांकाल गाउँपालिकाको सहयोगमा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुने आयोजक महांकाल क्लबले जानकारी दियो ।

प्रतियोगिताको सबै खेलहरू महांकाल वडा-४ को बाघभैरव प्राविधिक माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगिताका शीर्ष चारले क्रमशः १ लाख ५० हजार ५५५, ७५ हजार ५५५, ३५ हजार ५५५ र २० हजार ५५५ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा सहभागिता जनाउने ७ हजार ५०० रुपैयाँ शुल्क तिरेर ४ फागुनसम्म टिम दर्ता गर्न सकिने आयोजकले जानकारी दियो ।

प्रतियोगितामा २० देखि ५० सम्म टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । हरेक टिममा १० जना खेलाडी रहने छन् । जसमा राष्ट्रिय टिमबाट खेलेका २ खेलाडी समावेश गर्न पाइनेछ ।