नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी दर्ता गराएका छन् । नेता कार्यकर्ताकोे दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर सचिव बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए ।

उनले संविधानमाथि भएको हमलाबाट जोगाउदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा जुट्नुपर्ने उल्लेख गरे ।

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने भन्दै अव समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने धारणा राखे ।