काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । सोझा नेपालीलाई रोजगारी र तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने ३६ वर्षीया कुमारी तमाङ रहेकी छिन् ।

उनले बेलायतको सपना देखाएर दुई जनाबाट ७ लाख ९० हजार रुपैयाँ ठगी गरेकी थिइन् ।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै तमाङविरुद्ध पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा माघ २१ गते काठमाडौँ महानगरपालिका वडा नं. १२ बाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी तमाङलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।