काठमाडौं । नेपाली बजारमा आइतबार (फागुन १) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आजको मूल्य तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९८५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।