नवलपुर। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका-८ स्थित सङ्गम मार्गमा प्रदेश ३-०२-०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको हो ।
गएराति स्कुटरले ठक्कर दिँदा घाइते भएका तामाङको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारीएवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा संलग्न स्कुटर चालक गैँडाकोट-८ करङ्घारीका २६ वर्षीय प्रविन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।








