कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल विजयी भएकी छन् ।

ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली का्रग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन्।

टीकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारूले ८ हजार ३९२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

यस्तै, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपानेले ४ हजार ४९३ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार फागुराम थारूले ३ हजार ३८८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवर ले २ हजार ९३७ मत पाएका छन्।