सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेश मल्लले निरन्तर अग्रता कायम गरेका छन् । मतगणनाको प्रारम्भिक चरणदेखि नै अगाडि रहेका मल्लले पछिल्लो पटक प्रतिस्पर्धीसँग थप मतान्तर बढाएका छन् ।
पछिल्लो तथ्यांक अनुसार मल्लले १५ हजार ७४८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललित चन्दले १५ हजार ८४ मत पाएका छन् । हालसम्मको परिणाम अनुसार मल्ल चन्दभन्दा ६६४ मतान्तरले अगाडि छन् ।








