काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मत गणना जारी रहेको छ। फागुन २१ गते भएको निर्वाचनको मतगणना जारी रहँदा प्रत्यक्ष र समानुपातिकमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ।

समानुपातिकतर्फ १ करोड ४ लाख ६० हजार ५८६ मतगणना सम्पन्न भएको छ। हालसम्म ६ वटा पार्टीले तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका छन्।

आयोगका अनुसार रास्वपाले ५० लाख २१ हजार ९६३ मत पाएर पहिलो दल बनेको छ। त्यस्तै दोस्रोमा कांग्रेसले १६ लाख ९७ हजार २३४, तेस्रो नेकपा एमालेले १४ लाख १५ हजार ५०६, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ७० हजार ८५१, श्रम संस्कृति पार्टीले ३ लाख ५९ हजार १८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ९५० मत ल्याएको छ। अन्य दलले थ्रेस होल्ड कटाउन सकेका छैनन्।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ पनि सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।