काठमाडौँ ।

पोर्चुगलस्थित नेपाली दूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई पोर्चुगलमा मान्यता दिन औपचारिक प्रस्ताव गरेको छ। राजधानी लिस्बनमा नेपाली दूतावासका प्रतिनिधि र पोर्चुगलको यातायात संस्थान (आईएमटी) बीच भएको भेटवार्तामा नेपाली लाइसेन्सका आधारमा पोर्चुगिज लाइसेन्स प्राप्त गर्न सकिने सम्भावनाबारे छलफल भएको हो।

दूतावासका अनुसार नेपालमा स्मार्ट लाइसेन्स प्रचलनमा रहेको जानकारी पनि पोर्चुगल पक्षलाई दिइएको छ। आवश्यक कानुनी प्रक्रिया र तयारीबारे थप जानकारी इमेलमार्फत पठाइने पोर्चुगल पक्षले जनाएको छ। दूतावासले यस विषयमा सकारात्मक नतिजा आउने अपेक्षा गरेको छ।