काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आइतबार (चैत १) बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरतर्फका चारजनाको नाम टुंग्याइएको उनले जानकारी दिए । यसमध्ये ४८ महिला रहेका उनले बताए ।
यो नामावली आजै निर्वाचन आयोगमा बुझाइने उनले जानकारी दिए । नामावली रुजु गरेर आयोगले नै सार्वजनिक गर्ने उनले बताए ।








