एक हजार ३०३ मेगावाट बिजुली अवरुद्धअविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण र आपूर्ति प्रभावित भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पोखरा, बुटवल, हेटौँडा र काठमाडौँ क्षेत्रको विद्युत् प्रणालीमा बाढी, प्रसारण लाइनमा फाल्ट, उपकरणमा समस्या र ओभरलोडका कारण अवरोध देखिएको हो।

मन्त्रालयको विवरणमा उल्लेख भएका विभिन्न उत्पादन, प्रसारण तथा लोड कटौतीको परिमाण जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको विद्युत् अवरोध देखिएको छ। यो एकै समयमा भएको विद्युत् अवरोधको परिमाण भने होइन। विभिन्न समयका उत्पादन, प्रसारण र लोड कटौतीको विवरणको कुल योग हो।