काठमाडौँ, ११ असोज । लगातारको वर्षापछि देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानका घटना बढेका छन्। बाढीपहिरोमा परी विभिन्न स्थानमा मानवीय क्षति भएको छ भने घर, पुल, सडक तथा विद्यालयमा क्षति पुगेको छ। केही स्थानमा परिवारका सदस्य बेपत्ता भएका छन् भने राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म यातायात प्रभावित भएको छ।

पाल्पामा पहिरोमा दुईको मृत्यु, तीन बेपत्ता