काठमाडौं । सार्वजनिक प्रशासन रूपान्तरण अभियान– २०८२ ले अदालतले एक वर्षभित्र मुद्दा फैसला गरिसक्नुपर्ने कानुन बनाउन माग गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा गठन हुन लागेको सरकारको टोलीलाई बुझाइएको सुधार खाकामा यस्तो कानुन बनाउन माग गरिएको हो ।

अभियानले न्यायपरिषद्को पुनर्संरचना माग गर्दै परिषद्लाई प्रभावकारी बनाउन पनि माग गरेको छ । न्यायाधीश र न्यायपरिषद् सदस्यका सम्पत्ति छानबिन हुनुपर्ने माग पनि अभियानको छ ।

संवैधानिक निकायका पदाधिकारी संख्या आवश्यकता र औचित्यको आधारमा गर्न अभियानले सुझाएको छ ।

यस्तै विभिन्न जातीय संवैधानिक आयोग खारेज गर्दै एउटै समावेशी आयोग बनाएर जातीय कलस्टर अनुसार सदस्य नियुक्ति गर्न माग गरिएको छ ।