काठमाडौं । ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो। आज सदस्य राष्ट्रका नेताहरू र अन्य आमन्त्रित देशका प्रमुखहरू सहभागी हुने खुला बैठक बस्दैछ।
बैठकमा ब्रिक्ससँग जोडिएका विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४ देशका नेताहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्।




