काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका नयाँ सिक्का छाप्ने भएको छ।

राष्ट्र बैंकले एक रुपैयाँ दरका नयाँ सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। इच्छुक कम्पनीले आगामी नोभेम्बर २ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ।