नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ।
सन् २०१८ मा सुरु भएको परियोजनाले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको हो। सङ्कलित विवरण पुरातत्त्व विभागको राष्ट्रिय सम्पदा सूची र परियोजनाको ‘डिजिटल डेटाबेस’ मा समावेश गरिएको छ।








