पशुपति निषेधित क्षेत्रमा प्रवेशको भिडिओ भाइरल, हिन्दु–मुस्लिम जोडी प*क्राउ!काठमाडौं । पशुपतिनाथ मन्दिरको गैर–हिन्दु प्रवेश निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको भनिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले इटहरीका प्रियंका परियार र असिम अन्सारीलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई मंगलबार इटहरीको रंगशाला चोकबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि बुधबार बिहान जहाजमार्फत काठमाडौं ल्याइएको बताइएको छ। घटनाको वास्तविकता र भिडिओको पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।








