नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालमा खेर गएका जस्ता, विभिन्न धातुजन्य फोहोर तथा टुक्राटाक्री भारतमा निर्यात हुँदै आएका छन् । प्रयोगपछि बेकार ठानिएका यस्ता सामग्री संकलन गरी प्रशोधन तथा पुनः प्रयोगका लागि भारत पठाउने गरिएको हो ।