सुनसरी धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट गएराति ४९९ किलोग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साह रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।