काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनाको पछिल्लो नतिजाअनुसार खुला सहमहामन्त्रीतर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायमै राखेका छन्।
निर्वाचन समितिले दिएको जानकारीअनुसार आइतबार साँझदेखि खुला सहमहामन्त्री, सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला) पदको मतगणना ६ वटा फरक-फरक स्थानमा भइरहेको छ।








