राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। यो भेटवार्ता कुनै नियमित पनि होइन। राष्ट्रपति कार्यालय स्रोतका अनुसार यो भेटका लागि सभापति लामिछानेले बुधबार बेलुकै राष्ट्रपति कार्यालयको सचिवालयमा फोन गरेर समय मागेका थिए। शुक्रबारको भेट सभापति लामिछानेको अनुरोधमा भएको हो।
सभापति लामिछानेले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग ५ घण्टा लामो छलफल गरेका थिए। स्रोतका अनुसार लामिछानेले यसअघिका सामान्य पद्धति र मर्यादालाई कामय राख्न शाहलाई सुझाव दिएका थिए। उनले भारत भ्रमणमा जानुअघि भेट नभए पनि फर्केर आएपछि सामान्य मर्यादाका लागि राष्ट्रपतिलाई भेट्न आग्रह गरेको स्रोतले बतायो। प्रधानमन्त्री शाहले जवाफमा सभापति लामिछाने आफैले यस विषयमा राष्ट्रपतिलाई भारत भ्रमणको ब्रिफिङ गर्न आग्रह गरेको स्रोतको दाबी छ।








