नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाएकी छन् । उनले सरकारसँग स्पष्ट सैद्धान्तिक दृष्टिकोण नरहेको र प्रतिपक्षलाई सहयात्रीका रूपमा नभई शत्रुका रूपमा हेर्ने प्रवृत्ति देखिएको बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै पन्तले संसद् अधिवेशन अन्त्य भएको दुई साता नबित्दै सरकारले भूमि तथा वनसम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताइन् । संसद्मा छलफल गरेर विधेयकका रूपमा अघि बढाउन सकिने विषयमा अध्यादेशको सहारा लिनु सरकारको गलत कार्यशैली भएको उनको भनाइ छ ।

