दार्चुला । प्रहरी दिवस तथा दसैँको अवसर पारेर जेनजी मदन बुढाले दार्चुलाको कारागारमा पुस्तकालय स्थापना गरेका छन् । काठमाडौँबाट करिब ४ सय बढी पुस्तक लिएर दार्चुलाको कारागारमा उनले आइतबार पुस्तकालय स्थापना गरेका हुन् ।
कारागारमा रहेका कैदीबन्दीलाई अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बुढाले बताए ।








