धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ भने श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूको चार वर्षीय छोरा घाइते अवस्थामा फेला परेका छन् ।

गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा फेला परेको छ । उक्त स्थानबाट १ किलोमिटर टाढा मिथिलेश्वरस्थित ससुरालीमा यादवको ३० वर्षीया श्रीमती रिना यादव पनि मृत अवस्थामा फेला परेकी छन् ।