कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौं महानगरपालिका- १४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका- १४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो ।








