कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका-१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो।