अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई शुक्रवार विदेश भ्रमणमा जाँदै छन् । भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन–२०२१ मा सहभागी हुन प्रमुख आयुक्त राई इजिप्ट जान लागेका हुन् ।

प्रमुख आयुक्तसँगै अख्तियारका सचिव तोयम राया पनि सम्मेलनमा सहभागी हुन शुक्रवार दिउँसो त्यसतर्फ प्रस्थान गर्न लागेको आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालले बताए ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारबाट शुरु हुँदैछ । सो सम्मेलनमा विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागी हुनेछन् ।