दशैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दशैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका छन् ।

दशैँमा पारिवारिक माहोल हुने भएकाले परिवार नै दर्शक बनेर हल आउने र त्यसले सामान्य समयको तुलनामा व्यापार बढाउने अपेक्षाकै कारण गएको दशैँलाई लक्षित गर्दै टीका अगाडि तीन फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ प्रदर्शन भए भने टीकापछाडि ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ प्रदर्शनमा आयो ।