काठमाण्डाैं,२३ साउन
भारी वर्षाका कारण काठमाण्डाै उपत्यकासँगै देशैभरका नदी तथा खोलामा जलसतह बढेको छ ।
सोमबार रातिदेखि निरन्तर परिरहेको पानीले बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासका केन्द्रमा ठूलाे वर्षा हुँदा बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीमा बाढी आएको हो । नदी तथा खोलामा बाढी आएपछि नदी किनारका घर पसलमा पानी पसेको छ ।
यस्तै अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० वटा घरमा पानी पसेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो।घरभित्र पानी पसे पनि डुबान नै भएर विस्थापित हुनुपर्ने स्थिति नभएकाे र पानी पसेको क्षेत्रमा सुरक्षाकर्मीको टोली खटिएकाे छ।