काठमाडौं । बैंकिङ प्रणालीमा पैसा थुप्रिन थालेपछि अर्थात् अधिक तरलता (लगानीयोग्य पुँजी) भएका कारण व्यवस्थापन स्वरुप नेपाल राष्ट्र बैंकले तीन महिनाका लागि दुई खर्ब रुपैयाँ निक्षेप तान्दै छ ।

केन्द्रीय बैंकले मंगलबार (मंसिर १ गते) बैंकिङ प्रणालीबाट उक्त बराबरको निक्षेप संकलन गर्न लागेको हो । यसअघि गत कात्तिक २७ गते पनि २० दिनका लागि दुई खर्ब रुपैयाँबराबरकै निक्षेप संकलन गरेको थियो ।