नेपाल र भारतले लामो समयदेखि अल्झिँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुङ्ग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउने भएका छन्। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित निकायलाई डीपीआर अन्तिम रूप दिन र आयोजना कार्यान्वयन सुरु गर्न निर्देशन दिएका हुन्।
सोमबार नयाँ दिल्लीमा सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिको बुँदा नम्बर १८ मा दुवै प्रधानमन्त्रीले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई यस्तो निर्देशन दिएको उल्लेख छ।








