एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ। गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ।