राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयले संसदीय निगरानीको दायरामा प्रवेश गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्द गरिएको विषयका कागजात सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

आयोजनाको हेडवर्क्स, बाँध, विद्युत्गृह तथा अन्य संरचना निर्माणका लागि अघि बढाइएको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला रद्द गरिएपछि यस विषयमा प्रश्न उठ्दै आएको छ। ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार, प्रक्रियागत अवस्था र त्यसबाट राज्यलाई पर्न सक्ने आर्थिक प्रभावबारे स्पष्ट जानकारी लिन समितिले चासो देखाएको हो।