बर्दियामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका, १० मझरा वर्षीया १३ वर्षीया कमला सिंह ठकुरीको मृत्यु भएको हो ।
आँगनमा खेलिरहेको अवस्थामा सोमबार साँझ ५ बजे चितुवाले बालिकालाई लगेको थियो । खोज्दै जाने क्रममा ३ सय मिटर टाढा पश्चिम दक्षिण सिमलको झ्याङ बालिकाको शव भेटिएको छ ।








