संयुक्त राष्ट्रसङ्घ (रासस/एएफपी)। विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । यसको अर्थ औसतमा हरेक घण्टा करिब पाँच महिला तथा बालिका आफन्त वा नजिकका व्यक्तिबाट मारिएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय महिला संस्था र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सार्वजनिक गरेको अनुमानअनुसार पछिल्ला केही वर्षयता घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ । यसमा उल्लेख्य परिवर्तन देखिएको छैन ।







