लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा सरकारले आनी छोइङ डोल्मालाई गरेको नियुक्तिको बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । उक्त नियुक्ति गैरकानुनी तथा प्रचलित विधि र प्रक्रियाविपरीत भएको दाबीसहित राष्ट्रिय जेनजी नागरिक अभियानले रिट दायर गरेको हो ।
अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन् । रिटमा नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेकै अवस्थामा कानुनी प्रक्रियाबाहिरबाट डोल्मालाई नियुक्त गरिएको जिकिर गर्दै उक्त नियुक्ति खारेज गर्न माग गरिएको छ ।







