जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको अयोध्या–जनकपुरधाम रेल सेवामार्फत आएका करिब ४०० भारतीय तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
नेपाल रेल्वे कम्पनीले जनकपुरधाम रेल्वे स्टेसनमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीर्थयात्रीलाई स्वागत गरेका हुन् ।








